Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसले आज पार्टीको १४औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ ।

हिजो प्रचार समितिले पूर्णता पाएसँगै काङ्ग्रेसले आज महाधिवेशनको लोगो सार्वजनिक गर्ने तयारी गरेको हो ।

पार्टी प्रवक्ता तथा महाधिवेशन प्रचार समितिका संयोजक विशवप्रकाश शर्माले दिउँसो ४ बजे पार्टी सभापति शेरबहादुर देउवाले लागो सार्वजनिक गर्ने बताए ।

काङ्ग्रेसले ‘उत्साह, एकता, रूपान्तरण, सफल पारौँ नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन’ भन्ने नारा तय गरिएको लोगो सार्वजनिक गर्न लागेको हो ।

आज नै पार्टी सभापति देउवाले सात वटै प्रदेश अधिवेशनको एकसाथ उद्घाटन गर्दै छन् । सोहीबेला पार्टीको १४ औँ महाधिवेशनको लोगो समेत सार्वजनिक गर्ने प्रवक्ता शर्माले बताए ।

काङ्ग्रेसको केन्द्रीय महाधिवेशनका लागि भृकुटीमण्डप, सभागृह, नेपाल पुलिस क्लबमा मतदानको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर