Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसको तीन सय २२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका तीन सय २२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

काङ्ग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको बताए ।

‘सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ,’ उनले भने ।

देशभर एक सय ६५ निर्वाचन क्षेत्रमा गरी तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र छन् । काङ्ग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो ।

काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।

यही १७ र १८ मा काङ्ग्रेसको सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ ।

काङ्ग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर