Nepali Unicode | Preeti to Unicode

मंसिर ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन सोमबारदेखि सुरु भएको छ । मंसिर १५ देखि १७ गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि देशैभरका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोटको हुने राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले बताउनुभयो ।

राप्रपाको संशोधित कार्यतालिका अनुरुप महाधिवेशन प्रतिनिधि निर्वाचन मंसिर ६, ७ र ८ गते हुने जनाइएको थियो । राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्ने जनाइएको छ । जस अनुसार तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरी नौ जना निर्वाचित हुनेछन् ।

यस अघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको पनि श्रेष्ठले जानकारी दिनुभयो । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधिहरु, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरी चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर