Nepali Unicode | Preeti to Unicode

पार्टी महाधिवेशनबारे छलफल गर्न आज (सोमबार) नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ ।

अपराह्न तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेको हो ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि मनोनयन विषयमा छलफल हुनेछ । एमाले विधानअनुसार महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्छ ।

केन्द्रीय कमिटीमा पेश गरिने प्रतिनिधिको नाम तयार गर्न आजको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

मनोनीत हुने प्रतिनिधिको नाम आज प्रस्ताव हुने र अर्काे बैठकले अन्तिम रूप दिने तामाङले बताए । महाधिवेशनमा ९५ प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्नेछ ।

मङ्सिर १० देखि १२ सम्म चितवनमा एमाले महाधिवेशन आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर