इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई नयाँ टिमको लागि बोलि लगाइएको थियो।
दुई नयाँ टिमबाट आईपीएलले १२ हजार ७ सय १५ करोड भारु ( २०,३४४ करोड नेपाली रुपैयाँ ) भन्दा बढी कमाउने भएको छ जुन आशा गरिएको भन्दा निकै धेरै हो।
लखनऊ टिमको लागि सन्जिब गोयन्का ग्रुपले ( आरपीएसजी ) ७ हजार ९० करोड भारु ( ११,३४४ करोड नेपाली रुपैयाँ ) बोलि लगायो। गोयन्का ग्रुपले यस अघि राइजिंग पुने सुपर जायन्ट्स टिम किनेको थियो। यस्तै अहमदावादको लागि भारत बाहिरको कम्पनि सिभिसी ग्रुपले ५६०० करोड भारु ( ९ हजार करोड भारु ) बोलि लगायो।
