नेपाल बार एसोसिएसनको जम्बो टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न बारको जम्बो टोली आइतबार सर्वोच्च अदालत पुगेको हो ।
प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल सुरु भएको एक अधिवक्ताले जनाकारी दिए । शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमासहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।
सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशसँग छलफल सुरु गरेको हो ।
गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधानन्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय नेपाल बार एसोसिएसनले गरेको थियो ।
