Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसले प्रदेश १ मा सरकार आलोपालो चाहिने बताएको छ । काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो पार्टीको केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भने,‘पार्टीको केन्द्रीय गठबन्धनप्रति हामी प्रतिवद्ध छौँ । प्रदेशसभामा काङ्ग्रेसबाट फ्लोर क्रस हुँदैन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा काङ्ग्रेसले एकजुट भएर मतदान गर्छ ।

तर प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्छ । हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौँ । तर, प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसले आलोपालो गर्नुपर्ने माग हाम्रो छ ।

यसबारे थप छलफल गर्नका लागि नै आफूहरुले आइतबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको उनले प्रस्ट पारे ।वाग्मती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति बनेकै हो,उनले भने,‘तर वाग्मतीमा दोहोरो मापदण्ड भयो भन्ने कुरा आयो, प्रदेश १ मा भने एकलौटी सरकारको नेतृत्व गर्ने भन्ने कुरा मिल्दो नभएकाले हामीले आलोपालोको माग गरेका हौं ।

प्रतिक्रिया

सम्बन्धित खवर