Nepali Unicode | Preeti to Unicode

सरकार सञ्चालनका लागि नेकपा माओवादी केन्द्रले कमिटी बनाउने भएको छ । सोमबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो कमिटी बनाउने बनाउने भएको हो ।

सरकार सञ्चालनका लागि गठन गर्ने उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्ने एक नेताले बताए ।

सत्तारुढ गठबन्धन सरकारमा माओवादी केन्द्रबाट छ जना मन्त्री बनेका छन् । सोमबारको बैठकमा सरकार सञ्चालनका लागि कमिटी बनाउने प्रस्ताव नआएपनि मङ्गलबारको बैठकमा आउने र निर्णय गर्ने सम्भावना रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन,पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर