Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

बेइजिङ । चीनले भारतसँग तत्काल गलत क्रियाकलाप सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अप्mना गलत क्रियाकलाप सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् ।
उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

चीनको सरकारी अखवार ‘ग्लोबल टाइम्स’ का अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता वाङले भारतले द्विपक्षीय सहमति उल्लंघन गरेको, भारतीय सेना अवैध रुपमा सीमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरेको र चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको बताएका छन् । चीनको पछिल्लो प्रतिक्रयाभन्दा एक दिन अघि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अप्रिल महिनादेखि अहिलेसम्मको घटना क्रमका बारेमा संसदलाई जानकारी दिँदै चीनमाथि पछिल्लो सम्झौत उल्लंघनका आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय