राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यस्तै‚प्रधानमन्त्री देउवाका तर्फबाट राष्ट्रिय दलित आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदनसभा समक्ष पेश गर्ने तयारी गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनाएको छ ।
