Nepali Unicode | Preeti to Unicode

प्रतिनिधिसभा बैठक आठ मिनेट नौ सेकेन्डमा सकिएको छ । सभामुुख अग्निप्रसाद सापकोटाले संसदको काम कारबाही सुरु भएको बताउनेबित्तिकै एमाले सांसदहरूले होहल्ला र नाराबाजी गर्न सुरु गरे ।

एमाले सांसदहरूले नाराबाजी गरिरहँदा पनि सभामुख सापकोटाले बाम्बार संसद बैठक चल्न दिन आग्रह गरे । सभामुख सापकोटाले जति पटक आग्रह गरे पनि एमाले सांसदहरूले भने आफ्नो नाराबाजी जारी राखे ।

बैठकमा सभामुख सापकोटाले एमाले सांसदहरूलाई संविधानको धारा १ सय ५ मा भएको व्यवस्थाअनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराए । यस्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे ।

यति गर्दा एमाले सांसदले आफ्नो विरोध नरोकेपछि सभामुख सापकोटाले एमाले सांसदलाई पेलेरै बैठक अगाडि बढाए । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै आठ मिनेट नौ सेकेन्डमा सकियो प्रतिनिधिसभा बैठक । अर्काे बैठक असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर