यो सार्वजनिक खपत या खुला बहसको विषय होइन । किनभने विधान महाधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिनु थियो र विभाजन बेठीक थियो भन्ने साबित गर्नु थियो । अहिले एकता आवश्यकता हो, विभाजन खतरा हो ।”
आफूहरुले सोचेर विचार गरेर नै फरक मत विधान महाधिवेशनको हलमा नलगेको उनले स्पष्ट पारे । उनले भने, “अहिले एमालेविरुद्ध चौतर्फी हमला भइरहेको छ । पाँच दलीय गठबन्धन बनेको छ । भिन्न मत ल्याउने नाममा विभजित मनस्थिति नआओस् भन्ने सोचेर हामीले फरक मत सबैका अगाडि नराखेका हौं । फुट र विभाजनलाई मदत पुर्याउने गरी नराखेका हौं । तर आफ्नो फरक विचार लिखित रुपमै दिएका छौं । हामी आफ्नो फरक मत राख्छौं, राखिरहन्छौं ।”
एमालेको विधान महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज व्यापक रुपमा उठेको नेता ज्ञवालीले बताए । उनले भने, “१० वटै गु्रपले पार्टीको अनुशासनको कुरा उठाएका छन् । कमिसन, भ्रष्टचार, चारित्रिक कुरा, खानपान, जीवनशैलीका विषयमा प्रस्ट धारणा राखेका छन् । अवैध आम्दानीको आलोचना गरेका छन् ।”
सवधान महाधिवेशनले पार्टी अध्यक्षदेखि २२५ केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको उनले बताए । संसद् पूर्णकार्यकाल चल्ने वा नचल्ने सांसदमै भर पर्ने उनको भनाइ छ । संसद् चलाउनका लागि सरकार र सभामुखले प्रतिपक्षसँग कुराकानी नगरेको उनको भनाइ छ । नेता ज्ञवालीले विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने कुरा उठेको तर एमसीसीबारे अलग निर्णय हुने बताए । ७० वर्षको उमेर हदलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।
