काठमाडौं–काठमाडौंस्थित बागमती खोला किनारमा महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान बानेश्वर क्याम्पस नजिक बागमती खोला किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी मिनबहादुर लामाले जानकारी दिनुभयो ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
