Nepali Unicode | Preeti to Unicode

सङ्खुवासभाको मादीमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सोमबार (आज) उनीहरूलाई सार्वजनिक गरेको हो ।

सामूहिक हत्यामा संलग्न भएको आरोपमा ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर