Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ता अझै निषेधाज्ञा थप गरेको छ। बुधबार प्रशासनले जारी गरेको सूचनाको आधारमा निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी असोज ७ गतेसम्मको लागि समय थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ । कार्यालयले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय