Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मङ्गलबार ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले ५ विकेटको हार बेहोरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा सोमबार अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने ओमानविरुद्ध उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेन । ओमानले खेल सकिन १८ दशमलव पाँच ओभर बाँकी छदै मात्र पाँच विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको एक सय ९७ रनको लक्ष्य भेट्टायो ।

मोहम्मद नदीमले विक्रम सोबको ओभरको पहिलो बलमै छक्का लगाउँदा ओमानले ३१ दशमलव १ ओभरमा पाँच विकेटको क्षतिमा २०० रन बनाएर लक्ष्य पूरा गरेको हो । नदीमले ३८ रन बनाएर अविजित रहे । त्यसअघि ओमानका लागि ओपनर जतिन्दर सिंहले विष्फोटक पारी खेल्दै शतक लगाएका थिए ।

जतिन्दरले मात्र ५८ बलमा आफ्नो शतक पूरा गरे । शतक पूरा गर्न उनले १० चौका र ६ छक्का लगाए । ओमानलाई जितका लागि ३५ रन आवश्यक छँदा जतिन्दर सिंह कुशल मल्लको बलमा रोहित पौडेललाई क्याच थमाउँदै एक सय सात रन बनाएर पेभेलियन फर्किए ।

उनले नेपालका प्रमुख बलर सोमपालको तेस्रो तथा नेपालको पाँचौं ओभरमा तीन छक्का र तीन चौका लगाएर ३० रन बटुले । दुई ओभरमा मात्र पाँच रन खर्चिएका सोमपालले एकै ओभरमा ३० रन खर्चिन पुगे । उनी विकेटविहीन रहे । जतिन्दरले करण केसीले बलिङ गर्दा आठौँ ओभरमा २० रन लिए ।

नेपाली बलरहरूमा करण केसीले पाँच ओभरमा ५२ रन खर्चेर दुई विकेट लिए । अफ स्पिनर कुशल मल्लले १० ओभरमा मात्र ३८ रन खर्चेर दुई विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने घाइते हुन पुग्दा उनले बलिङ गर्न सकेनन् । ब्याटिङमा भने उनले १० बलमा एक चौका र एक छक्काको सहयोगले १६ रन बनाएर रन आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ओभरमा अलआउट हुँदै एक सय रन बनाएको यो । नेपालका लागि आरिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्ग्स खेले । उनले एक सय २१ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन जोड्दा करण केसीले ४८ बलमा २१ रन बनाए । रोहितकुमार पौडेलले ३४ बलमा २० रन बनाए भने सन्दीप लामिछानेले २६ बल खेल्दा १६ रन जोडे ।

सोमपाल कामीले सात, विनोद भण्डारीले ६, कुशल मल्लले चार र विक्रम सोबले दुई रन बनाए भने सुशन भारीले अजिवित दुई रन जोडे ।  कुशल भुर्तेल भने शून्य रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ बिलाल खानले चार विकेट लिए भने नेस्टर धाम्बाले दुई तथा मोहम्मद नदीम र जिसन मकुबले एक–एक विकेट झारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय