Nepali Unicode | Preeti to Unicode

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६१.६४ अंकले वृद्धि हुँदा २९८०.७९ अंकमा बन्द भएको छ । पछिल्ला केही दिनयता लगातार घटेको सेयर बजारमा आइतबार उच्च उताचढावबीच १०८ अंकको गिरावट  भएको थियो ।

पछिल्लो ९ कारोबार दिनमा ३८० अंकभन्दा बढीको गिरावट भएको बजारमा आज एकै दिन १६१ अंकको बाउन्स ब्याक भएको छ । सेयर बजारमा गिरावट सँगै लगानीकर्ताको एक समूहले गभर्नरको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि गभर्नरलाई फोन गरेर सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

जसको प्रभावस्वरुप नेप्सेमा एकै दिन उच्च अंकको बाउन्स ब्याक भएको छ । आज नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक ९ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ४.०७ प्रसितशतले बढेको छ ।

बजारमा बाउन्स ब्याक भए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटको छ । आइतबार ११ अर्बको कारोबार भएको बजारमा आज १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड २२ लाख २२ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर