Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

सरोज ढुङ्गेल

काठमाडौँ, भदौ २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले छिट्टै थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने बताउनुभएको छ ।
उहाँले चीनसँग खरिद गरिएको एक करोड खोपमध्ये थप ४४ लाख भेरोसेल खोप १० दिनभित्र ल्याइसक्ने जानकारी दिनुभयो । मन्त्रालयमा आइतबार विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले थप ४४ लाख मात्रा खोपको भुक्तानी भइसकेको समेत बताउनुभयो ।
उहाँले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको टुङ्गो लागिसकेको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुुभयो । उहाँले नेपाली जनताका लागि पाँच करोड डोज खोप आवश्यक रहेकोमा अहिलेसम्म एक करोड चार लाख खोप नागरिकले लगाइसकेको जानकारी दिनुभयो ।
“सरकारले दुई करोड ५० लाख खोप ल्याउने तयारी गरिसकेको छ”, राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “भेरोसेल खोप ४० लाख आउने सुनिश्चित भइसक्यो, बाँकी खोप पनि निरन्तर आउने प्रक्रियामा रहेको छ ।”

एसिया बैठक आजदेखि
यसैबीच मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको ७४औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको तयारी पूूरा भएको जानकारी दिएको छ ।
सोमबारबाट सुरु हुने पाँच दिने बैठकको तयारी पूूरा भएको बताइएको छ । बैठकबारे जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले आयोजक राष्ट्रका रूपमा नेपालले गर्नुपर्ने सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिनुभयो । उहाँले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर पाएको भन्दै कोभिड–१९ महामारीका बेला आयोजना हुने बैठक दक्षिण पूर्वी एसिया क्षेत्रकै लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यको सर्वव्यापी पहुुँचलगायतका विषयवस्तुमा पनि बैठकमा छलफल हुनेछ । यस्तै मन्त्रालयका सचिव डा. रोशनकुमार पोखरेलले ११ वटै देशका स्वास्थ्यमन्त्री, सचिवलगायतका स्वास्थ्यका उच्च अधिकारीको सहभागिता हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय