विगत २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा देशभर १४ हजार ६ सय ५० जनाको नमुना परीक्षण भएको छ ।
मन्त्रालका अनुसार १० हजार ६ सय ५८ नमुना पिसिआर परीक्षण गर्दा एक हजार ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, तीन हजार नौ सय ९२ एन्टिजेन परीक्षण गर्दा तीन सय ५८ जनालाई कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४६ जना कोरोनाबाट मुक्त भएका छन् । सो समयमा १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै जम्मा मृत्यु हुनेको सङ्ख्या १० हजार सात सय ८६ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३३ हजार नौ सय ४६ रहेको छ ।
