Nepali Unicode | Preeti to Unicode

लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा पदभार गहण गर्दै शेरचनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर माथि उठाउनु हो । यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता हो ।’

यस्तै, प्रदेशप्रमुख शेरचनले संविधानको पुस्तक हातमा राख्दै भने, ‘सविधानलाई आफूअनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामी कसैलाई छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर