
लामो समयदेखि रिमेक निर्माण हुने चर्चा चलिआएको तमिल फिल्म ‘विक्रम वेधा’ को घोषणा गरिएको छ ।
फिल्मको रिमेकमा बलिउड अभिनेता सैफ अलि खान र ऋतिक रोशन मुख्य भुमिकामा देखिने छन् । केही समयअगाडि ऋतिकले फिल्मको रिमेकबाट हात झिकेको खबर आए पनि निर्माण टिमले आधिकारिक रूपमा फिल्मको निर्माण घोषणा रिलिज मितिसहित गरेका छन् ।