लामो समयदेखि रिमेक निर्माण हुने चर्चा चलिआएको तमिल फिल्म ‘विक्रम वेधा’ को घोषणा गरिएको छ ।
फिल्मको रिमेकमा बलिउड अभिनेता सैफ अलि खान र ऋतिक रोशन मुख्य भुमिकामा देखिने छन् । केही समयअगाडि ऋतिकले फिल्मको रिमेकबाट हात झिकेको खबर आए पनि निर्माण टिमले आधिकारिक रूपमा फिल्मको निर्माण घोषणा रिलिज मितिसहित गरेका छन् ।
यो फिल्म आगामी वर्ष (सन् २०२२) ३० सेप्टेम्बरमा रिलिज हुने छ । थ्रिलर ग्याङस्टर ड्रामा फिल्म ‘विक्रम वेधा’मा आर माधवन र विजय सेथुपथी मुख्य भूमिकामा थिए । फिल्मको हिन्दी रिमेकलाई पुष्कर गायाथ्रीले निर्देशन गर्ने छन् ।
