Nepali Unicode | Preeti to Unicode

विश्वका विभिन्न मुलुकमा भन्दा पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै थपिएका छन् ।

एकै दिनमा कोरोना कारण भएको मानवीय क्षति पनि ब्राजिलमै धेरै भएको छ । ब्राजिल कोरोना भाइरस महामारीबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । कोरोनाका कारण मृत्यु हुने सङ्ख्याको हिसाबमा भने अमेरिकापछि दोस्रो स्थानमा छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ५७ हजार सात सय १३ जना नयाँ बिरामी थपिएका हुन् । सङ्क्रमित सङ्ख्या एक करोड ९० लाख २० हजार चार सय ९९ पुगेको छ । एक करोड ७४ लाख ७९ हजार दुई सय ७७ जना उपचारपछि निको भइसकेका छन् ।

एकै दिन ५६ हजार चार सय २३ जना निको भएर सामान्य जीवन फर्किएका छन् । १० लाख नौ हजार चार सय ४५ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितमध्ये ब्राजिलमा एक हजार चार सय ३३ जनाको मृत्यु भयो । यो सङ्ख्या विश्वमा अन्य मुलुकमा एकै दिन मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो । हालसम्म ब्राजिलमा पाँच लाख ३१ हजार सात सय ७७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

ब्राजिलपछि छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमित धेरै थपिएका छन् । कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा एकै दिन ३९ हजार एक सय ५४ जना नयाँ बिरामी थपिएका हुन् । सङ्क्रमित सङ्ख्या तीन करोड सात लाख ९१ हजार दुई सय ६२ पुगेको छ ।

दुई करोड ९९ लाख २२ हजार चार सय ४९ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४१ हजार सात सय २५ जना कोरोनालाई जित्न सफल भए । चार लाख ६१ हजार छ सय ८१ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन एक हजार एक सय ६५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण चार लाख सात हजार एक सय ३२ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाको दोस्रो भेरियन्टबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

कोरोनाका कारण विश्वमा हालसम्म सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका हो । त्यहाँ सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अरु मुलुकको भन्दा धेरै छ । अमेरिकामा एकै दिन २४ हजार एक सय १५ जना नयाँ बिरामी थपिएका छन् ।

सङ्क्रमित सङ्ख्या तीन करोड ४७ लाख सात हजार नौ सय २६ पुगेको छ । दुई करोड ९२ लाख २२ हजार ४३ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । पछिल्लो २४ घण्टामा १८ हजार सात सय ३५ जनाले कोरोनालाई पराजित गरेका छन् ।

४८ लाख ६३ हजार दुई सय आठ जनाको उपचार जारी रहेकोमा तीन हजार नौ सय सात जनाको अवस्था चिन्ताजनक छ । एकै दिन अमेरिकामा तीन सय ४६ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म कोरोना सङ्क्रमित छ लाख २२ हजार छ सय ७५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७३ हजार नौ सय ४८ जना नयाँ बिरामी भेटिएका छन् । सङ्क्रमित सङ्ख्या १८ करोड ६८ लाख एक हजार ४८ पुगेको छ । १७ करोड आठ लाख ६३ हजार चार सय ८० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

एकै दिन तीन लाख ५० हजार दुई सय २६ जना उपचारपछि निको भएका छन् । २४ घण्टाभित्र विश्वमा निको हुनेभन्दा थपिएका सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार सात सय २२ ले धेरै छ । विश्वभर एक करोड १९ लाख तीन हजार आठ जनाको उपचार जारी रहेकोमा ७७ हजार सात सय ५७ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा आठ हजार २४ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म विश्वभर कोरोनाका कारण ४० लाख ३४ हजार पाँच सय ६० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर