Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

असार २३ गते । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का भएको छ । दोस्रो सेमीफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएछि उपाधिका लागि दक्षिण अमेरिकी दुई राष्ट्रबीच स्पर्धा हुने भएको हो ।
आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी शूट आउटमा ३–२ ले हरायो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । अर्जेन्टिनी गोलकिपर एमिलिआनो मार्टिनेजले कोलम्बियाको तीन वटा प्रहारलाई विफल तुल्याएपछि उसले उपाधिको लागि हुने स्पर्धा स्थान सुनिश्चित गर्न सफल भयो ।
आष्टन भिल्लाका गोलकिपर मार्टिनेजले देभिन्सन साञ्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहारलाई विफल तुल्याउनुभयो । लियोनल मेस्सीले लौटेरो मार्टिनेजका लागि गोलको अवसर जुराएपछि अर्जेन्टिनाले खेल सुरु भएको सातौं मिनेटमा नै १–० को अग्रता लिन सफल भयो । पहिलो हाफसम्म अग्रता जोगाएको अर्जेन्टिनाले दोस्रो हाफमा निरन्तरता दिन सकेन । ६१ औं मिनेटमा कोलम्बियाका लुईस डाएजले गोल फर्काउँदै खेल बराबरीमा ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय