पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने व्यक्ति बनेका छन् । सोसल मिडिया मार्केटिङ संस्था ‘होपर एचक्यू’ले एक सूची सार्वजनिक गर्दै युभेन्टसका फरवार्ड रोनाल्डो पहिलो पटक इन्स्टाग्रामबाट सबैभन्दा कमाउने व्यक्ति बनेको जानकारी दिएको छ ।
उक्त संस्थाका अनुसार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा एउटा विज्ञापन पोस्ट गर्दा १.६० मिलियन अमेरिकन डल लिन्छन् । रियल मड्रिडका पूर्वस्टार रोनाल्डोले रेस्लर तथा अभिनेता ड्वाने ‘द रक’ जोनसनलाई उछिन्दै शीर्ष स्थान बनाएका हुन् ।
यस्तै पपस्टार एरियाना ग्रान्डे तेस्रो स्थानमा छिन् । उनले प्रतिपोस्ट १.५१ मिलियन डलर कमाउँछिन् । हालै बार्सिलोनासँगको सम्झौता सकिएका स्टार फुटबल खेलाडी लियोनल मेस्सी सातौँ स्थानमा छन् । दुई सय २४ मिलियन फलोअर्स भएका मेस्सीले प्रतिपोस्ट १.१ डलर आम्दानी गर्छन् ।
टप टेन सूचीः
१. क्रिस्टियानो रोनाल्डो–१.६० मिलियन डलर प्रतिपोस्ट
२. द रक– १.५२ मिलियन डलर प्रतिपोस्ट
३. एरियाना ग्रान्डे– १.५१ मिलियन डलर प्रतिपोस्ट
४. केली जेनर– १.४९ मिलियन डलर प्रतिपोस्ट
५. सेलेना गोमेज– १.४६ मिलियन डलर प्रतिपोस्ट
६. किम कर्दासियन– १ं४१ मिलियन डलर प्रतिपोस्ट
७. लियोनल मेस्सी– १.१६ मिलियन डलर प्रतिपोस्ट
८. बियोन्सी नलेज– १.१४ मिलियन डलर प्रतिपोस्ट
९. जस्टिन बेबर– १.११ मिलियन डलर प्रतिपोस्ट
१० केन्डल जेनर– १.०५ मिलियन डलर प्रतिपोस्ट
-बिबिसीबाट
