Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगितामा शनिबार बिहान दुई खेल हुँदै छन् । सेमिफाइनल पुग्नका लागि भोलि बिहान चार वटा टिमले एक–आपसमा प्रतिस्पर्धा गर्ने छन् ।

क्वार्टरफाइनलका खेलमा साविक विजेता तथा आयोजक राष्ट्र ब्राजिलले चिलीसँग खेल्दै छ । यो खेल नेपाली समयानुसार भोलि बिहान ५ः४५ बजे रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

यस खेलमा दुवै टिम एक–अर्कामाथि जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछन् । ब्राजिलले समूह ‘बी’को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । उसले चार खेलमा १० अङ्क जोडेको थियो । चिली भने समूह ‘ए’को चौथो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

चिली र ब्राजिलको खेलअघि बिहान २ः४५ बजे पेरु र पराग्वेले खेल्दै छन् । पेरु समूह ‘बी’को दोस्रो तथा पराग्वे तेस्रो हुँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय