Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

असार ११ गते । ऊरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगितामा बोलिभियामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ऊरुग्वेले बोलिभियामाथि २–० को जित हात पारेको हो । अङ्कतालिकाका चौथो स्थानमा रहेको ऊरुग्वेले क्वार्टरफाइनल पुग्न बोलिभिया र अर्जेन्टिनाबीचको समूहको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । अर्जेन्टिना हाल शीर्ष स्थानमा छ । चिली दोस्रो र पराग्वे तेस्रो स्थानमा छ ।
ऊरुग्वेको जितमा म्यान्चेष्टर यूनाइटेडका स्ट्राइकर एडिन्सन कभानीले महत्वपूर्ण एक गोल गर्नुभयो ।

४० औं मिनेटमा बोलिभियाका डिफेन्डर जाइरो क्विन्टेरोसले आफ्नै पोष्टमा गोल गरेपछि ऊरुग्वेले १–० को अग्रता लिएको थियो । खेल सकिन ११ मिनेट मात्रै बाँकी छँदा फकुण्डो टोरसको क्रसलाई कभानीले गोलमा परिणत गर्नुभयो । त्यसअघि गोलको थुप्रै अबसर पाएपनि कभानीको प्रयास विफल हुँदै आएको थियो ।
जितसँगै ऊरुग्वे समूह ए को तेस्रो स्थानमा उक्लेको छ । चार खेलबाट उसले तीन अङ्क जोडेको छ । सोमबार ऊरुग्वेले समूह चरणको अन्तिम खेलमा पराग्वेको सामना गर्नेछ । अङ्कतालिकाको पूछारमा रहेको बोलिभियाले भने क्वार्टरफाइनलमा प्रबेशको सम्भाबनालाई जिवित राख्न सोमबार नै समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिनालाई हराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय