Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूनिकट केन्द्रीय सदस्यको बैठक स्थगित भएको छ।

पौडेलले आज २ बजे पार्टीका केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका थिए।

उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पाँच दलको बैठक परेकाले उक्त छलफल स्थगित गरिएको हो।

पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न लागि केन्द्रीय समितिका नेताहरुलाई पौडेलले बोलाएका थिए।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरुले भेटघाटलाई तीब्रता दिइरहेका छन्। यस अघि विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले भेटघाट गरेका थिए। उनीहरु तीनै जना सभापतिका आकांक्षी हुन्।

सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन केन्द्रीत दौडधुप बढाएका छन्। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर