Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

असार १० गते । जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इङ्ग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफको आफ्नो अन्तिम खेलमा हङ्गेरीसँग बराबरीमा रोकिँदा जर्मनीको भेट इङ्ग्ल्याण्डसँग सुनिश्चित भएको हो ।
गए राति अबेर सम्पन्न खेलमा जर्मनीलाई हङ्गेरीले २–२ को बराबरीमा रोक्यो । ११ औं मिनेटमा एडम सालईले हेडरमार्फत गोल गर्दा हङ्गेरीले अग्रता कायम गर्दै जर्मनीलाई घरेलु मैदानमा स्तब्ध बनायाे । केई हर्भेजले ६६ औं मिनेटमा गोल फर्काउँदै जर्मनीलाई बराबरीको स्थितिमा ल्याउनुभयो । तर दुई मिनेट नबित्दै आन्द्रास स्काफेरको गोलले हङ्गेरीलाई पुनः अग्रता दिलायो । ८४ औं मिनेटमा जर्मनीका लियोन गोरेज्काले गोल थप्दा जर्मनीले खेल बराबरीमा रोक्न सफल भयो ।
बराबरीसँगै जर्मनीले समूह एफ को उपविजेता बन्दै इङ्ल्याण्डसँगको भेट सुनिश्चित गरेको छ । अन्तिम १६ मा जर्मनी र इङ्ग्ल्याण्डबीचको खेल आगामी मङ्गलबार वेम्ब्लीमा खेलाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय