Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

 असार १० गते । न्युजिल्याण्ड अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको च्याम्पियनशीप जितेको छ । विश्व टेष्ट च्याभारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो पटक भएको टेष्ट च्याम्पियनशीपको उपाधि जितेको छ ।
साउथम्पटनमा भारतले प्रस्तुत गरेको १३९ रनको लक्ष्य खेलको आरक्षित अन्तिम दिनमा न्युजिल्याण्डले मात्र दुई विकेटको क्षतिमा सहजै पुरा गर्यो । छैठौं दिनको खेल मात्र दुई विकेटको क्षतिमा ६४ रनबाट अगाडि बढाएको भारतले दिनको खेलमा ५० ओभर बाँकी रहँदा मात्र १७० रनमा समेटिन पुग्यो । विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ४१ रनको उत्कृष्ट पारी खेलेपनि ठूलो येगफलसम्म डोर्याउन सक्नुभएन ।
न्युजिल्याण्डले भने जितका लागि एक सय रनभन्दा बढी आवश्यक छँदा ओपनरद्वय डेभोन कोनवे र टम लाथमको विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अनुभबी रोस टेलर र कप्तान केन विलियम्सनको जोडीले न्युजिल्याण्डलाई पहिलो पटक प्रमुख उपाधि दिलाउन सफल रह्यो । विलियम्सन ५२ र रोस टेलर ४७ रन बनाएर अविजित रहे । जितसँगै क्रिकेटको शक्ति राष्ट्रको दाबी गर्न रुचाउने भारतबाट उक्त उपमा न्युजिल्याण्डले खोसेको छ ।
सन् २०१९ मा क्रिकेटको सबैभन्दा लामो र परम्परागत् स्वरुप टेष्ट च्याम्पियनशीपको अवधारणा लागू भएको हो । त्यसअघि, साउथम्पटनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले पहिलो पारीमा २१७ रनमा समेटिदा न्युजिल्याण्डले २४९ रन बनाउँदै ३२ रनको अग्रता कायम गर्न सफल भयो । दोस्रो पारीमा भारत मात्र १७० रनमा खुम्चियो । विराट कोहली, चेतेश्वर पूजारा, रोहित शर्मा लगायतका ब्याट्सम्यानले दुबैमध्ये कुनै पारीमा जिम्मेवार भएर ब्याटिङ गर्न सकेनन । न त भारतीय बलिङ नै प्रभाबकारी रहन गयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय