Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

अनलाइन कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीलाई असोज देखि निशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । भदौ १९ को मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आउँदो असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तर्गत विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट दिने विषय उल्लेख छ । ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा भनिएको छ ।

यस्तो डेटा तथा इन्टरनेट शैक्षिक प्रयोजनका लागि मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । यो निर्देशिका आउँदो असोज १ गतेबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय र सरोकारवालालाई पत्राचार गरिसकेको छ ।

निर्देशिका कार्यान्वयनका लागि जारी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तीन वटै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय