Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित भएको डेनमार्कले समूह चरणको अन्तिम खेलमा जित निकालेको हो ।

सोमबार भएको खेलमा डेनमार्कले रुसलाई ४–१ गोलले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

उता, रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको दोब्बर पारे । ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को अवस्थमा पुगाए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूह उपविजेता बन्यो । यता, ३ अंक जोडेको रुष समूह चरणबाट नै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय