Nepali Unicode | Preeti to Unicode

४७औँ संस्करणको कोपा अमेरिकाअन्तर्गत उपाधि दाबेदार मानिएका टोलीद्वय अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । मङ्गलबार बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा चिलीसँग अङ्क बाँडेको हो । कप्तान लियोनल मेस्सीले खेलको ३३औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

५७औँ मिनेटमा इडुआर्डो भर्गसले गोल गर्दै चिलीलाई खेलमा फर्काए । भर्गसको गोल हुनुभन्दा थोरै समयअघि मात्र चिलीले पेनाल्टीको माैका पाएको थियो, जसमा अर्टुरो भिडाल असफल बनेका थिए ।

र, बाँकी समय गोल नहुँदा अर्जेन्टिना र चिलीले एक–एक अङ्क बाँडे ।

यससँगै समूह ‘बी’का अर्जेन्टिना र चिलीले एक–एक अङ्क जोडेका छन् । उक्त समूहमा उरुग्वे, पराग्वे, पेरु र बोलिभिया पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर