Nepali Unicode | Preeti to Unicode

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ८० कराेड नागरिकलाई दीपावली नाेभेम्बरसम्म सित्तैमा खानेकुरा दिने बताउनुभएकाे छ । साेमवार देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री माेदीले सित्तैमा काेराेना खाेप र विपन्नलाई सित्तैमा खानेकुरा दिने घाेषणा गर्नुभएकाे हाे ।

उहाँले ‘प्रधानमन्त्री गरिब कल्याण अन्न याेजना’ लाई दीपावलीसम्म बढाउने घाेषणा गर्नुभएकाे हाे । ‘यस याेजनाका अनुसार ८० कराेड विपन्न परिवारलाई दीपावलीसम्म प्रत्येक महिना सित्तैमा खानेकुरा पाइरहने छन्’, माेदीले भन्नुभयाे ।

‘प्रधानमन्त्री गरिब कल्याण अन्न याेजना’ अन्तर्गत गरिब रासन कार्ड धारकहरूले पाँच किलाे थप गहुँ र चामल पनि सित्तैमा दिइने छ ।

साथै उहाँले काेराेना खाेपबारे पनि भन्नुभयाे, ‘अब २१ जुनदेखि केन्द्र सरकारले १८ वर्षभन्दा माथिका सबै भारतीय नागरिकलाई सित्तैमा काेराेना खाेप उपलब्ध गराउनेछ । राज्य सरकारसँग रहेकाे २५ प्रतिशत खाेप अभियानकाे काम पनि अब केन्द्र सरकारले गर्नेछ ।’

अहिले देशमा बनिरहेकाे खाेपमध्ये २५ प्रतिशत डाेज निजी अस्पतालले सिधै खरिद गर्न सक्ने पनि प्रधानमन्त्री माेदीले बताउनुभयाे । ‘यस्ता अस्पताल खाेपकाे तय गरिएकाे मूल्य भन्दा एक डाेजमा अधिकतम एक सय ५० भारु मात्रै सर्भिस चार्ज लिन सक्नेछन् । यसकाे निगरानी गर्ने काम राज्य सरकारसँग नै रहनेछ’, उहाँले भन्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर