Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

जेठ २३ गते । स्वीडेनले आर्मेनियालाई ३–१ ले हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तगर्त यूरो कप २०२० को पूर्ब सन्ध्यामा स्वीडेनले आर्मेनियालाई हराएको हो ।
आयोजक स्वीडेनले एमिल फोर्सबर्ग र मार्कस डेनिएलसनको गोलबाट स्टकहल्ममा २–० को अग्रता लिन सफल भयो । आर्मेनियाका भहान बिचख्यानले पुनरागमन गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनु अघि लिन्डेलोफको प्रहार बिफल भएको थियो ।
प्रतिस्थापित खेलाडी मार्कस बर्गले ८५ औं मिनेटमा गर्नुभएको गोल नै खेलको अन्तिम गोल रहन गयो । र स्वीडेनले आर्मेनियामाथि ३–१ को सहज जित हात पार्न सफल भयो ।
स्वीडेनले यूरो कप २०२० को आफ्नो पहिलो खेलमा जुन १४ मा सेभियामा स्पेनको सामना गर्नेछ । सन् १९९२ को यूरो कपको सेमीफाइनलसम्म पुगेको स्वीडेनले चार दिनपछि स्लोभाकिया र त्यसको पाँच दिनपछि पोल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय