Nepali Unicode | Preeti to Unicode

विश्वमा पछिल्लो २४ घण्टामा चार लाख ५६ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।

चार लाख ५६ हजार चार सय २५ जना नयाँ बिरामी थपिएपछि विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ करोड २८ लाख ७३ हजार तीन सय १९ पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ५८ लाख एक हजार आठ सय तीन जना उपचारपछि निको भएका छन् ।

एक करोड ३३ लाख ५५ हजार चार सय २९ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८९ हजार चार सय २२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै खराब छ ।

एकै दिन विश्वमा १० हजार सङ्क्रमितको मृत्यु भयो । आज (शुक्रबार) बिहानसम्ममा विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख १६ हजार ८७ पुगेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन १५ हजार पाँच सय १७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख ७० हजार छ सय २० पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८० लाख २२ हजार चार सय ८१ जना उपचारपछि कोरोनामुक्त भएका छन् । ५५ लाख ३६ हजार पाँच सय ८५ जनाको उपचार भइरहेकोमा पाँच हजार आठ सय ३१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा पाँच सय ३६ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण हालसम्म छ लाख ११ हजार पाँच सय ५४ अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ३१ हजार तीन सय ७१ जना नयाँ सङ्क्रमित थपिए । हालसम्म कोरोनाबाट बिरामी हुनेको सङ्ख्या दुई करोड ८५ लाख ७२ हजार तीन सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ६५ लाख ८८ हजार आठ सय आठ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १६ लाख ४२ हजार आठ सय ३२ जनाको उपचार जारी छ ।

उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा एकै दिन दुई हजार सात सय छ जना सङ्क्रमितको मृत्यु भयो ।

कोरोनाका कारण मृत्यु हुने भारतीय नागरिकको सङ्ख्या तीन लाख ४० हजार सात सय १९ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा २४ घण्टाभित्र ८३ हजार तीन सय ९१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६८ लाख तीन हजार चार सय ७२ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५२ लाख २८ हजार नौ सय ८३ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । ११ लाख चार हजार सात सय पाँच जनाको उपचार भइरहेको छ ।

उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन ब्राजिलमा दुई हजार ७८ सङ्क्रमितको मृत्यु भयो ।

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ६९ हजार सात सय ८४ पुगेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर