Nepali Unicode | Preeti to Unicode

जेठ १९ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पछि बस्ने जारी निषेधाज्ञाको अवधि थप बारे निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एकसाता देखि १० दिन सम्म निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
भोलि राती विहिवारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो ।
आज दिउँसो निषेधाज्ञा थप हुने र यस बारे निर्णय सार्वजनिक गर्ने भक्तपुरका प्रजिअ भट्टराईले बताउनुभयो ।
यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजे सम्म खोल्न दिने विषयमा हिजो छलफल भएको र आज यस बारे निर्णय सार्वजनिक गर्ने उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम चलन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बसेर स्वास्थ्यका मापदण्ड पुरा गर्नु पर्ने छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सार्वजनिक यातायात र निजी सवारी साधन र अनावश्यक हिड्डुललाई भने कडाई गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर