Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएका हुन् । पार्टीको हीतविपरीत लागेको भन्दै कारबाही गरिएका ११ जना एमाले नेतालाई थप कारबाहीलगायतका विषयमा बैठकमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार नै बस्ने तय भएको थियो । तर अचानक स्थगित गरिएको बैठक सोमबार बिहानका लागि बोलाइएको हो । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आगामी योजना तय गर्ने नेताहरुले बताएका छन् ।

एमालेले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो ।

आफ्ना पार्टी अध्यक्षलाई हटाएर काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै एमालेले अरु नेताहरु घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टिकरण सोधिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय