Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा पुगेको पाँच दलीय विपक्षी गठबन्धनले छोटो बाटोबाट कानुनी उपचार खोज्ने भएको छ ।

प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिरोधमा उत्रिएको गठबन्धनका नेताहरू भावी रणनीतिबारे छलफलमा व्यस्त छन् । कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेका गठबन्धनका नेताहरू सकेसम्म छोटो बाटोबाट कानुनी उपचार खोज्ने उपायको खोजीमा जुटेका छन् ।

सोमबार सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालयमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताबीच गठबन्धनको भावी रणनीतिबारे प्रारम्भिक छलफल भयो ।

गठबन्धनका नेता प्रधानमन्त्री केपी ओलीको शीघ्र बहिर्गमनका लागि हरसम्भव सबै कदम चाल्नुपर्नेमा एकमत बनेका छन् । ‘अदालतमा दर्ता भएको रिट निवेदनउपर चाँडो फैसला गराउन रिट निवेदकका हैसियतले गर्ने सबै कार्य गर्ने र त्यसका लागि न्याय प्रशासनलाई समेत आग्रह गर्नेबारे छलफल भयो । धेरैजना वकिलले लामो बहस नगर्ने र वरिष्ठ वकिलहरूको छोटो सूची बनाएर बहस गराउनेबारे छलफल भएको छ,’ बैठकपछि एक नेताले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर