विपक्षी गठबन्धन प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको तयारी छ ।
देउवालाई प्रधानमन्त्री बनाउने र संसद पुनःस्थापनाको माग गर्दै अदालत जान लागेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् ।यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।रिट दायरका लागि माधवकुमार नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।
