Nepali Unicode | Preeti to Unicode

नेकपा (एमाले) खनाल–नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् । नेता माधवकुमार नेपालसहितका सांसदहरु सिंहदरबार पुगिसकेका छन् । उनीहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खनाल–नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिबद्धता खोजेको थियो ।

नेता योगेश भट्टराईले दुई बुँदामा प्रधानमन्त्रीले प्रतिबद्धता जनाए आज हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए ।

तर, प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर