Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न दुइवटा सेमिफाइनल खेलहरुमा यी दुई टिमले फाइनलको यात्रा तय गरेका हुन् । रोमाले आफ्नो घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा ३-२ गोल अन्तरले युनाइटेडलाई पछि पारेपनि समग्रमा दुई लेगमा ५-८ गोलको अन्तरले युनाइटेड फाइनलमा पुगेको हो ।

त्यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्लिस क्लब आर्सनल आफ्नै घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग गोल रहित बराबरीमा रोकिएको थियो । यो बराबरीसँगै समग्रमा दुई लेगबाट आर्सनल १-२ गोलले पछि परेपछि भिल्लारियलले फाइनलको यात्रा तय गरेको हो । आर्सनललाई कम्तीमा पनि दुई गोलको अग्रता आवश्यकता थियो । तर भिल्लारियलले त्यो पूरा हुन दिएन ।

अब आउँदो मे २६ तारिखका दिन म्यानचेष्टर युनाइटेड र भिल्लारियल युईएफए युरोपा लिगको फाइनल खेलका लागि पोल्याण्डमा आमनेसामने गर्दैछन् ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय