नेकपा (माओवादी केन्द्र)बाट वाग्मती प्रदेशमा निर्वाचित भएका रामबहादुर थापालाई पार्टीले कारबाही गरेपछि उनको पद रिक्त छ । थापा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको हो ।
निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका एक सय सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत दुई सय ३८ गरेर जम्मा तीन सय ४८ जनाले मतदान गर्न पाउने छन् । विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहबाट खिमलाल देवकोटा उम्मेदवार बन्ने छन् । एमालेले भने थापालाई नै उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
