Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुँदा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)लाई भारतीय रुपैयाँ दुई हजार करोडभन्दा बढीको नोक्सान हुने भएको छ ।

प्रतियोगितामा आठौँ चरणका खेलहरु चल्दै गर्दा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किंग्सका तीन अधिकारीहरुमा कोरोना देखिएपछि मंगलबार बोर्डले आईपीएल स्थगित गर्ने निर्णय गरेको छ ।

“मध्य समयमा प्रतियोगिता स्थगित गर्नुपर्दा हामीले २,००० करोडदेखि २,५०० करोड गुमाउनुपर्नेछ । मलाई लाग्छ, करिब २,२०० करोड नोक्सान हुन्छ भन्नु सही अनुमान हुनेछ,” बीसीसीआईका एक अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । प्रतियोगिताअन्तर्गतका ६० खेलमध्ये २९ खेल मात्र सम्पन्न भएको छ ।

बोर्डको लागि सबैभन्दा ठूलो नोक्सान प्रतियोगिताको प्रसारण अधिकार पाएको स्टार स्पोर्ट्सबाट हुनेछ । उसले १६ हजार ३४७ करोडमा प्रतियोगिताका खेलहरु प्रसारण गर्ने गरी पाँच वर्षका लागि सम्झौता गरेको छ । तर, ३१ वटा खेल स्थगित भएपछि स्टार स्पोर्ट्सबाट वार्षिक पाउने तीन हजार २६९.४ भारुमध्ये बीसीसीआईले एक हजार ६९० करोड गुमाउनुपर्नेछ ।

प्रतियोगिता बीचमै स्थगित भएपछि अन्य प्रायोजकहरुबाट प्राप्त गर्ने रकममा समेत भारी कटौती हुनेछ । मंगलबार बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आईपीएल रद्द नभएर स्थगित मात्र भएको बताएका थिए । यद्यपि, कारोनाको दोस्रो लहरका कारण पूरा देश नै आक्रान्त बनेकाले आईपीएल रद्दसमेत हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय