Nepali Unicode | Preeti to Unicode

सिरहा / अस्पतालका एक चिकित्सकमा कारोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको नयनपुर अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवामात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताला लगाइएको छ । अस्पताललाई निसङ्क्रमण गरेपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । सङ्क्रमितमध्ये सात जना आइसोलेसनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर