काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ ।
ज्वरो र ज्यान दुुखाइ बढेपछि आइबार बेलुका स्टार अस्पताल पुगेर स्वाब दिएको बिहान रिपोर्ट पोजेटिभ आएको उनको भनाइ थियो ।
उनले यो कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
“ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन सुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ– सजग बनौँ !”
