उनको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारका लागि पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
चट्याङ लागेर मोरङको खानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको हो ।
बिहीबार बिहान चट्याङले लागेर कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । घरनजिकै रहेको बारीमा गाईगोरु सार्ने काम गरिरहेका बेला बिहान ९ बजेतिर परेको चट्याङले लागेर सुकवती गम्भीर घाइते भएकी थिइन् ।
