Nepali Unicode | Preeti to Unicode

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गराएको छ । शुक्रबार राति भएको खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले हराउदै सहज जित दर्ता गराएको हो ।

वान्खडे स्टेडियममा पन्जाबले दिएको एक सय ७ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै एक सय ७ रन बनायो ।

चेन्नईका लागि फाफ डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाए । मोइन अलीले ३१ बलमा ७ चौका र १ छक्कासहित ४६ रन बनाए । सुरेश रैनाले ८ रन, ऋतुराज गायकवाडले ५ रन जोडे भने अम्बाती राइडु शून्य रनमा आउट भए ।

बलिङतर्फ पन्जाबका मोहम्मद समीले दुई विकेट लिए । त्यस्तै, मुरुगन आश्विन र अर्शदीप सिंहले एक-एक विकेट लिए ।

यसअघि टस हारेर फिल्डीङ् गरेकोको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६ रन बनाएकाे थियाे ।

पन्जाबकालागि शारुख खानले सर्वाधि ४७ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतले ४७ रनको योगदान गरे ।

पन्जाबका कप्तान लोकेश राहुलले ७ बलमा १ चौकाको मद्दतले ५ रन, दीपक हुडाले १५ बलमा १ चौकासहित १० र क्रिस गेल १० बलमा २ चौकासहित १० रन जोडे ।

यस्तै, जाय रिचर्डसन २२ बलमा २ चौकासहित १५ रन र एम अश्विन १४ बलमा ६ रन बनाउँदै बाहिरीए । मोहम्मद शमीले १२ बलमा ९ रन बनाए । निकोलस पुरन, मयंक अग्रवाल शुन्य रनमा बाहिरिए ।

बलिङतर्फ चेन्नईका लागि दिपक चाहरले ४ विकेट लिए । साम करन, मोईन अली र ड्वेन ब्रावोले एक-एक विकेट लिए ।

पहिलो जितसँगै चेन्नईले लिगमा २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा पन्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको थियो । एकमा जित र एकमा हारसँगै पन्जाबले २ खेलबाट २ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर