Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराई जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका कामचाहिँ गरेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङका पक्षमा व्यापक सार्वजनिक दबाब भए पनि नगरेको तर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

ट्वीटमा उनले लेखेका छन्, ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो ! ओली सरकार त्यसैको अवतार जस्तो छ । आम नागरिक र मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ । तर लोडसेडिङ अन्त्यलगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्योचाहिँ गरेनछ ! सेम !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय