Nepali Unicode | Preeti to Unicode

कोरोना कहर र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको बताइएको छ । यसअघि, गत मंसिर २३ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।दक्षिणी ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका भवन उद्घाटन गरिरहँदा ओलीको फोन आएको प्रचण्डले नै बताएका थिए ।भवन उद्घाटन र सम्बोधन गर्नुपर्ने भएकाले प्रचण्ड–ओलीको संवाद भएन । प्रचण्डले मन्तव्य टुंग्याएपछि फोन गर्ने बताएका थिए । “म यहाँ बस्दै गर्दा केपी ओलीको फोन आयो, धेरै समयपछि । म गाउँपालिकाको भवन उद्घाटन गर्दै छु भनेँ । यो राम्रो कुरा हो कि नराम्रो कुरा हो । मैले उद्घाटन गरेपछि तपाईंले के भन्न खोज्नुभएको हो ? यो बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु,” उनले मन्तव्यकै क्रममा भनेका थिए ।

सर्वदलीय बैठकका लागि फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “भोलि (शनिबार) बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक आह्वान भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर