बिहीबार प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
